Birat Post शनिबार, फाल्गुण ०६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

मोरङ,६ फाल्गुन

राष्ट्रिय समाचार समिति(रासस)को ६२ औं वार्षिकोत्सवको उपलक्ष्यमा राससका तीन जना पूर्व कर्मचारीलाई सम्मान गरिएको छ ।
यसरी सम्मानित हुने कर्मचारीहरुमा टेकनाथ दाहाल, कमलबहादुर ठकुरी र कृष्णप्रसाद वाग्ले रहेका छन् । उनीहरु तीनै जना राससका सेवानिवृत्त कर्मचारी हुन ।

नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष लिलावल्लभ घिमिरेले पूर्व कर्मचारीहरुलाई सम्मान गर्दै रासस निकै परिपक्व संस्था भएकाले यसले आफ्ना सेवालाई अझ प्रभावकारी बनाउँदै लैजानु पर्ने विचार राखे । पत्रकार महासंघ प्रदेश महासचिव विवेक गौतम र प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुईटेलले रासस सेवामा सबैको पहुँच पुर्‍याउन व्यवस्थापन पक्षले ध्यान दिनुपर्ने सुझाव दिए ।

राससका पूर्व सञ्चालक समितिका सदस्य दयाराम दाहाल,नेपाल महासंघ मोरङ शाखाका अध्यक्ष सन्जिव खनाल र वरिष्ठ पत्रकार यज्ञराज शर्मा र नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव अभयकुमार राईले राससमा छापिने समाचारमा जिल्ला समाचारदाताहरुको महत्वपूर्ण योगदान रहने गरेकाले श्रमको सम्मान हुनुपर्ने धारणा व्यक्त गरे ।

रासस प्रदेश नं १ कार्यालयका प्रमुख मोहम्मद सदरुलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रेस चौतारी नेपाल प्रदेश अध्यक्ष अविजाल विष्ट, प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष विनोद घिमिरे र संसदीय पत्रकार मञ्चका संयोजक गणेश लम्साल लगायतले रासस सरकारको नभएर नागरिकको संस्था हुनुपर्ने विचार राखेका थिए ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल