Birat Post बुधबार, फाल्गुण ०३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३ फाल्गुण ।
नेपाल पुलिसका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को क्वाटरफााइनलमा प्रवेश गरेका छन् ।  नेपाल खेलकुद महासंघ अन्तरगतको नेकोस राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनमा विराटनगरमा जारी प्रतियोगितामा शिर्ष १६ बरियता तर्फको पुरुष एकल लिगको समूह बीको खेलमा प्रिन्सले नेपाल पुलिसका जीवन आचार्यलाई पराजित गरेका हुन् ।

प्रिन्स २१–९, २१–१४ ले आचार्यलाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् । प्रिन्सले आफ्नो समूहको तीनै खेलमा जीत हात पार्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् । सोही समूहबाट उपबिजेताको रुपमा कास्कीका बिधान अधिकारी पनि क्वाटरफाईनल पुगे । बिधानले एक जित र एक वाकओभर प्राप्त गरे ।   बुधवारको खेलमा अधिकारीले पुलिका पुर्ण बहादुर थापाबाट वाक ओभर प्राप्त गरेका थिए ।

आगामी  फागुन ७ गतेदेखि विराटनगरम हुने राष्ट्रिय खेलकुद महासंघको दोश्रो महाधिवेशनको पूर्ब सन्ध्यामा प्रतियोगिताको आयोजना गरेको हो । पुरुषको समूह ए बाट नेपाल पुलिसका बिष्णु कटुवाल क्वाटरफाईनल प्रवेश गरे । उनले दुई खेलमा जित र एक वाकओभरका साथ तीन खेल जित्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् ।  कटुवालले आर्मीका रुकेश महर्जनलाई १९–२१, २१–१६, २१–५ ले पराजित गरे । यस्तै यस समूहबाट रुकेश महर्जनले पनि उपबिजेताको रुपमा क्वाटरफाईनलमा स्थान बनाए । रुकेशले एक जित र एक वाकओभर प्राप्त गरे  ।

समूह सीबाट एपिएफका क्षितीज खनाल बिजेता र देवराज राना उपबिजेता बन्दै क्वाटरफाईनलमा स्थान पक्का गरेकाछन् ।  क्षितीजले आफ्नो तीनै खेलमा जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् ।  क्षितीजले देवराज रानालाई २१–१५, १८–२१, २१–१८ पराजित गरे । देवराजले अघिल्लो दुई खेलमा जित निकाल्दै उपबिजेता बनेका हुन् । यस समूहको अर्को खेलमा एपिएफका बिजीत थापा मगरले पुलिसका दीपक बोहरालाई पराजित गरे ।  मगरले बोहरालाई २१–१५, २१–१६ ले पराजित गरेका थिए ।

समूह डी तर्फ आर्मीका प्रफुल महर्जन बिजेता र नेपाल पुलिसका सुनिल जोशीले उपबिजेताको रुपमा क्वाटरफाईनलमा स्थान बनाएका छन् । प्रफुलले तीन खेलमा तीनै खेलमा जित हात पारे ।  महर्जनले जोशीलाई २१–६, २१–१३ ले पराजित गरे । सुनिलले तीनमा दुई खेललाई आफ्नो पक्षमा पार्दै क्वाटरफाईनल यात्रा तय गरेका हुन् । यस समूहको अर्को खेलमा क्वाटरफाईनलको प्रतिस्पर्धाबाट बाहिरी सकेका आर्मीका नरेन्द्र बम र अनिल मल्लविचको खेलमा बमले जित हात पारे ।

बमले मल्लमाथि १६–२१, २१–१९, २१–१५ ले पराजित गरे ।
अव क्वाटरफाईनमा पुलिसका बिष्णुले एपिएफका देवराजसंग, आर्मीका प्रफुलले कास्कीका बिधानसंग, आर्मीका रुकेशले एपिएफका क्षितीजसंग, पुलिसका सुनिलले पुलिसकै प्रिन्ससंग सेमिफाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

आर्मीकी  रशिला क्वाटरफाइनलमा
महिला तर्फ शिर्ष १२ बरियताको एकल खेलमा समूह ए बाट आर्मीकी रशिला महर्जन बिजेता र पुलिसकी निता लम्साल उपबिजेता भएकी छिन् ।  समूह बी बाट आर्मीकी अमिता गिरी बिजेता र एपिएफकी शोभा गौचन उपबिजेता भए भने समूह सी बाट आर्मीकी अनुमाया राई बिजेता र एपिएफकी सुनयना मुखिया उपबिजेता हुँदा समूह डी बाट एपिएफकी जेशिका गुरुङ्ग बिजेता र आर्मीकी प्राथना देउवा उपबिजेताको रुपमा क्वाटरफाईनल प्रवेश गरेका छन् ।

बुधबार नै सम्पन्न खेलमा आर्मीकी रशिलाले पुलिसकी नितालाई २१–१४, २३–२१, आर्मीकी अमिता गिरीले एपिएफकी शोभा गौचनलाई १३–२१, २१–१५, २१–१५, आर्मीकै अनुमायाले एपिएफकी सुनयना मुखियालाई २१–१९, २१–७ र एपिएफकी जेशिका गुरुङ्गले आर्मीकी प्राथना देउवालाई २१–१०, २२–२० ले पराजित गरे ।अव क्वाटरफाईनलमा रशिलाले सुनयना, जेशिकाले शोभा गौचन, निताले अनुमाया र अमिता गिरीले प्राथना देउवासंग सेमिफाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित

ताजा अपडेट
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल