Birat Post सोमबार, माघ ०९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,९ माघ

नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन ‘प्याब्सन’ मोरङको आयोजनामा विराटनगरमा सम्पन्न प्याब्सन स्पोर्ट्स मीटमा एभरेष्ट स्कुलले २ स्वर्णसहित ७ वटा रजत पदक जितेको छ । स्पोर्ट्स मीटका अधिकांश स्पर्धामा भाग लिएको एभरेष्टले टेबल टेनिस तर्फका २ वटा विधामा स्वर्ण पदक जितेको हो भने २ विधामा रजत पदक जितेको छ । टेबल टेनिसको टीम इभेन्ट छात्राको स्वर्ण जितेको छ ।

जसमा एभरेष्टका तर्फबाट एन्जल पन्त र सोनाम खातुनको टीम रहेको थियो । यस्तै छात्रा सिंगल तर्फ पनि एभरेष्टकी एन्जल पन्त प्रथम हुँदै स्वर्ण पदक जित्दा सोनाम खातुन तेस्रो हुँदै रजत पदक प्राप्त गरेकी छन् । टेबुल टेनिसकै छात्र सिंगल तर्फ प्रतिक कार्की तृतिय हुँदै एभरेष्टलाई अर्को रजत पदक जिताउन सफल भएकी छन् ।

यस्तै बास्केटबल, छात्र तर्फको लङजम्प, १ सय मिटर दौड, २०० मिटर दौड र छात्रा तर्फको सटपुटमा रजत पदक एभरेष्टले जितेको छ । एभरेष्टकी अतिरिक्त क्रियाकलाप इन्चार्ज सिर्जना गौतमका अनुसार लङजम्प र १ सय मिटर छात्र दौडमा अर्पण कार्की तेस्रो हुँदै रजत पदक प्राप्त गर्न सफल भएका छन् । यस्तै २ सय मिटर दौडमा आयुस्मा जैसवालले रजत पदक प्राप्त गर्दा सटपुटमा आश्ना गिरिले कास्य पदक जितेका छन् ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल