Birat Post आइतबार, माघ ०८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,८ माघ/ विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।
कलेजको वार्षिकोत्सवका अवसरमा शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्‍याएबापत सम्मान गरेको छ । कलेजले विशेष समारोहको आयोजना गरेर शिक्षा र समाजसेवामा सक्रिय गुणराज ढुंगेल र डा. विमला श्रेष्ठलाई सम्मान गरेको छ ।

ढुंगेल विराटनगरस्थित मेरिल्याण्ड कलेजका अध्यक्षसमेत हुन् भने डा. श्रेष्ठ विराटनगर स्थापित विमला श्रेष्ठ साहित्य प्रतिष्ठानकी संस्थापक हुन् । प्रतिष्ठानमार्फत श्रेष्ठले साहित्यिक गतिविधि गर्दै आएकी छन् । उनका विभिन्न कृतिहरु प्रकाशित छन् ।

त्यस्तै क्याम्पसको प्राध्यापक डा. प्रमोकुमार झा र अनुज शर्मालाई पनि सम्मानित भएका छन् । उनीहरु स्थापनाकालदेखि हालसम्म अनवरत रुपमा सोही कलेजमा प्राध्यापन गर्दै आएका छन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला र क्याम्पसका कार्यकारी अध्यक्ष प्रा.डा. दुर्गानन्द चौधरीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

सो अवसरमा वीवीए र एमवीए अध्ययन पूरा गरेर जाने विद्यार्थीलाई विदाई र नवआगन्तुक विद्यार्थीको स्वागतसमेत गरिएको थियो । त्यस्तै २०७९ सालमा भएका विभिन्न खेलकुद प्रतियोगिताकाविजयी विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको क्याम्पस प्रमुख सन्दिप दास श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरुले विभिन्न जातीय पहिचान झल्कने नृत्य र गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपकुलपति प्रा.डा. कोइराला, कलेजका कार्यकारी अध्यक्ष प्रा.डा. चौधरी, पूर्वाञ्चल विश्वविद्यालयकै अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख प्रा. सन्जेशप्रसाद कोइराला, कलेजका एकेडेमी एडभाइजर डा. सन्देश दास श्रेष्ठ, निर्देशक अश्विनी वंशललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो कलेजमा वीवीए र एमवीए गरी साढे ४ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

 

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल