काठमान्डौं,७ माघ ।
७ माघ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्रीको परीक्षा हुने बताएका छन् । शनिबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. महतले यस्तो बताएका हुन् ।
कांग्रेस प्रवक्ता डा. महतले भने अब प्रधानमन्त्री पनि कहाँ उभिने भन्ने कुरा आउछ । संविधान रक्षाको पक्षमा उभिने कि नउभिने उहाँको परिक्षा हुन्छ । अब राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन आउँदैछ, यो सबभन्दा ठूलो परीक्षणको घडी प्रधानमन्त्री संग छ ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि संसद विघटनलाई प्रमुखताका साथ उठाउन नछाडेको बेला सचेत हुन पनि उनले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे ।