काठमान्डौं,५ माघ ।
प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोसिस जारी राख्ने बताएका छन् ।
बिहीवार सभामुख चुनावपछि संसद बाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले प्रचण्डले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने कोशिस जारी राख्ने बताएका हुन् । उनले भने, ‘हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोशिस छ । हामी त्यो कोशिस जारी राख्छौं ।’
साथै प्रधानमन्त्रीले प्रचण्डले सत्तासाझेदार दलहरु सबै एक ठाउँमा उभिएकाले बहुमतले सभामुख निर्वाचित भएको प्रतिक्रियासमेत दिए ।