Birat Post बुधबार, पुष २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ पुष ।
नेपाल विद्वत परिषदले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा विविध कार्यक्रम गरी मनाएको छ । परिषदले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले सिंगो नेपाललाई एकतावद्ध गरेको स्मरण गरियो ।

कार्यक्रममा बोल्दै परिषदका केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेलले सरकारले पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिने निर्णयको स्वागत गरे । दलगत स्वार्थ र विदेशीको इसारामा राजसंस्थाको बदनाम गरिनेगरेको र यस्ता कुराले देशमा दीर्घकालिन असर पर्ने उनले बताए ।

यस्तै परिषदका केन्द्रीय उपाध्यक्ष तथा पूर्वाञ्चल संयोजक बल्लभप्रसाद दाहालले राष्ट्र निर्माता माथि अपमान गरिने काम नगर्न र मातृभूभी प्रति सदैव संवेदनशिल बन्न आग्रह गरे । दलहरु प्रति इंगित गर्दै दाहालले भने “शिर्ष दलका नेताहरुमा चेतना पलाएको छ । यसको संकेतहरु देखिन थालेका छन् । शिर्ष दलका नेता र राजा मिलेर देशलाई सही गन्तब्यमा लान सकिन्छ ।”

कार्यक्रममा पूर्वमन्त्री बद्रीप्रसाद मण्डल, राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङका अध्यक्ष माधवप्रसाद आचार्य, परिषदका मोरङ जिल्ला अध्यक्ष पुष्पराज दाहाल,हिडपाली समाजका अध्यक्ष श्याम अधिकारी,परिषदका कपिल पोखरेल लगायतको सहभागिता रहेको थियो। यस्तै परिषदले बुधबार साझ विराटनगरको ट्राफिक चोकमा दीप प्रज्वलन समेत गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल