Birat Post बुधबार, पुष २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

मोरङ,२६ पुष । जिल्ला विपद् व्यवस्थापन समिति मोरङले आज साँझ मोरङको धनपालथान गाउँपालिका वडा नं २ धरमपुर पैठामा भएको आगलागीबाट पीडित परिवारहरुलाई नगद सहित राहत सामाग्री वितरण गरेको छ ।

समितिका अध्यक्ष मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आगलागी पीडित तीन परिवारलाई मध्ये दुई परिवार नगद रु २०÷२० हजार र एक परिवारलाई रु १५ हजार, त्रिपाल, म्याट र कम्बल वितरण गर्नु भयो । यसैगरी धनपाल गाउँपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदार र उपप्रमुख नसिमा वानोले चामल ५० केजी, दाल, तेल नुन, मसला, सावुन लगायतका अन्य खाद्यान्न वितरण गर्नु भयो ।

यस्तै नेपाल रेडक्रस सोसाइटी मोरङका अध्यक्ष सुबोधकुमार सिंहले त्रिपाल, कम्बल, खाना पकाउने भाँडाको सेट, लगाउन लत्ताकपडा लगायतका सामागी वितरण गर्नु भएको थियो । सो अवसरमा प्रजिअ दाहालले जनताको प्रत्येक दुःखका समयमा सरकारको साथ सहने छ भन्दै आगलागी नियन्त्रण का लागि आउने वारुणयन्त्राका लागि सडक अतिक्रमण रोक्न सबैले कतव्र्य भएको बताउनु भयो ।

गाउँपालिकाका अध्यक्ष गच्छदारले सबैको सहयोगबाट पीडितका घर निर्माण गरिने प्रतिवद्धता व्यक्त्त गर्नु भयो । मोरङ दक्षिण क्षेत्रमा रहेको उक्त पालिकाका कैलास, गणेश र भजनलाल मण्डल तीन घरहरु सोमबार राति विद्युत चुहावट आगलागी हुँदा दुई वाख्रा र एक बाझा सहित तीन चौपायाको आगाले जलेर मृत्यु हुनकासाथै रु १४ लाख क्षति भएको प्रहरीले जनाएको छ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल