Birat Post बिहिबार, पुष २१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२१ पुष /

विराटनगर महानगरपालिकाको न्यायिक समितिको आयोजनामा आजदेखि वडागत मेलमिलापकर्ताहरुको क्षमता अभिवृद्धिसम्बन्धी तालिम सुरु भएको छ ।
तालिमको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले आएका उजुरीलाई महानगरमै समाधान गर्नुपर्नेमा जोड दिनुभयो । मेयर कोइरालाले विराटनगरलाई नेपालमै सबैभन्दा उत्कृष्ट न्याय सम्पादन गर्ने महानगरका रुपमा स्थापित गराउन आग्रह गर्नुभयो ।

न्यायिक समितिकी संयोजकसमेत रहनु भएकी उपमेयर शिल्पा निराला कार्कीले महानगरले अन्यायमा परेकाहरुलाई न्याय दिलाउने बताउनुभयो । उहाँले मेलमिलापकर्ताका माध्यमबाट वास्तविक अन्यायमा परेकाको पहिचान पनि हुने उल्लेख गर्नुभयो । समितिका सदस्य तीर्थेन्द्र न्यौपानेले गाउँघरमा झैझगडा भइहाले मेलमिलापकर्तामार्फत मिलाउन सकियोस् भनेर तालिम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले तीन चरणमा तालिम सञ्चालन हुने बताउनुभयो ।

बिहीबारदेखि ७ दिनसम्म सञ्चालन हुने तालिममा न्यायाधीश राजेश कटवाल, अधिवक्ता कला त्रिताल, राजकिरण पौडेल, सरिता अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले प्रशिक्षण दिनुहुने महानगरकी कानुन अधिकृत शारदा थपलियाले जानकारी दिनुभयो । पहिलो चरणमा १ देखि ६ नम्बर वडाका ६–६ जनाका दरले तालिममा सहभागी हुनेछन् । त्यसैगरी दोस्रो चरणमा ७ देखि १२ र तेस्रो चरणमा १३ देखि १९ वडालाई समेटेर तालिम दिइनेछ । हरेक वडाबाट ६ जना मेलमिलापकर्तालाई सहभागी गराइनेछ । पहिलो चरणको तालिममा ३६ जना मेलमिलापकर्ता सहभागी भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल