काठमाडौं ,२१ पुष । बालुवाटारबाट धुम्बराही सरेका कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न जसपाका अध्यक्ष उपेन्द्र यादव पुगेका छन् । धुम्बराहीमा भाडामा घर लिएर बसेका देउवालाई भेट्न आज यादव त्यहाँ पुगेका हुन् । दुवैबीच समसामयिक राजनीतिक र मधेस प्रदेशमा सरकार निर्माणका बारेमा छलफलमा भएको बताइएको छ । जसपाले हाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । समर्थनका विषयमा समेत गोप्य कुराकानी भएको बताइएको छ ।