Birat Post सोमबार, पुष १८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१८ पुष । विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम अन्तरगत ३ दिने प्राज्ञ आचार्य स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम सुरु भएको छ । विराटनगरको पान्चालीमा रहेको लक्ष्मीनारायण मन्दिर एवं लक्ष्मीनारायण वेदविद्याश्रम र नेपाल शिक्षण परिषदको सहकार्यमा १० दिवसीय संस्कृत भाषा प्रशिक्षण संगै प्राज्ञ आचार्य स्वाध्याय वर्ग प्रशिक्षण शुरु भएको हो । सोमबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्राज्ञ आचार्य स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका छन् ।

गत पुष १० गतेदेखी शुरु भएको यो तालिम पुष २१ गते सम्म चल्ने लक्ष्मीनारायण मन्दिरका पिठाधिस अच्युत प्रपन्नाचार्यले जानकारी दिए । अवका तीन दिन प्राज्ञहरुको तालिम रहेको उनको भनाइ थियो । उद्घाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद शेखर कोइरालाले नेपाली भाषाको पनि मात्रृ भाषाकारुपमा रहेको संस्कृत शिक्षालाई उच्च महत्वका साथ हेरिनुपर्ने औल्याएका छन् । संस्कृत भाषा र यसका ध्वनीका विषयमा बैज्ञानिकहरुले समेत खोज गरिरहेकाले यसको औचित्य समेत पुष्टि हुदै गएको बताए । गूरुकुललाई स्तर उन्नती गर्न र संस्कृत विषयमा थप रिसर्च गर्न आग्रह गरे ।

यस्तै नेपाली कांग्रेसका केन्दीय सदस्य तथा प्रदेश सांसद भीम पराजुलीले आधुनिक शिक्षाका नाममा संस्कृत भाषा मास्ने काम भएको र यसका विषयमा आवाज उठाउने बताए । उनले संस्कृत शिक्षाको श्रीबृद्धीका लागि पहलकदमी काम गर्ने बताए । यसैगरी विराटनगर महानगरका मेयर नागेश कोइरालाले धर्म,संस्कृति संरक्षणमा लाग्ने र लगाउने काममा सवैजना सचेत र सक्रिय रहनु पर्ने बताए । धर्म,संस्कृति र सभ्यता हाम्रा मुख्य मर्मका विषय भएको भन्दै सचेतना कार्यक्रमको समेत आबश्यकता रहेको औल्याए ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका कुल सचिव प्राध्यापक माधब अधिकारी ,भारतीय शिक्षण मण्डलका दीपक कोइराला लगायतले नेपाली राष्ट्रिय भाषा र संस्कृतिको जगेर्नाका साथै संस्कृत भाषाको संरक्षणका लागि के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्नेमा जोड दिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल