Birat Post आइतबार, पुष १७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १७ पुस

टुंगो लाग्न नसकेको प्रदेश १ को नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघिता विरोधी हरुलाई जवाफ दिनुपर्नेमा नव निर्वाचित प्रदेश सांसदहरुले जोड दिएका छन ।
नवनिर्वाचित सांसदहरुलाई पुस १५ र १६ गते प्रदान गरेको दुई दिने अभिमुखिकरणको शनिवार समापन कार्यक्रममा बोल्दै सांसदरुले प्रदेशको नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघियता विरोधीहरुलाई जवाफदिनुपर्नेमा जोड दिएका हुन ।

प्रदेशको नामाकरणसँगै पाँच बर्षसम्म पार्टी अनि सत्ता र प्रतिपक्षको विभेदकारी व्यवहार बाट मुक्त्तभएर सबै दलहरुले सहकार्य गरे मात्र प्रदेश संरचना विकासको अधिकारका लागि आवश्यक छ भन्ने औचित्य पृष्टि हुने दोस्रो कार्यकालका लागि निर्वाचित सांसदहरुको भनाई छ । समापन कार्यक्रमा बोल्दै सबै भन्दा ठूलो दल नेकपा एमालेका नेता बुद्धिकुमार राजभण्डारीर्ले प्रदेश भडकिलो र खर्चिलो भयो यसको काम छैन खारेज गर्नुपछर्’ भन्ने प्रश्नहरु उठन थालेकोले त्यसलाई गलत बनाउन अबको पाँचबर्ष सबै दलहरुले आपसी समन्वय गरेर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । उनले राजनैतिक पार्टीहरु सत्ता र प्रतिपक्षको विभेदबाट मुक्त्त भएर एकताको भावनाले कामगर्न सके पाँचबर्षमा प्रदेश सभा विकासका लागि आवश्यक छ भन्ने सहजै पृष्टि दाबी गरे ।

काँग्रेस संसदीयदलका नेता उद्धव थापाले प्रादेशिक संरचना गलत हैन सही हो भन्ने कुरा प्रदेश सभा र सरकारले व्यवहारबाट पृष्टि गर्नुपर्ने चुनौती थपिएकोेले चनाखो भएर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । नेताथापाले प्रभावकारी कानुन बनाउन र बनेका कानुनहरु कार्यान्वयन गराउँदै सरकारको निगरानी गर्न सकेमा प्रदेशमा विकासले फड्को मार्ने र संघियता गलत हो भन्नेहरुको प्रश्न आफै गलत साबित हुने बताए । नेता थापाले पनि सर्वसम्मत रुपमा प्रदेशको नामाकरण गर्ने दायित्व थपिएकोले चाँडै पुरा गर्नुपर्नेमा जोड दिए ।

माओबादी केन्द्रका नेतादुर्गा चापागाँईले निर्वाचित भएका सबै दलका सांसदहरुले पाँचबर्ष चनाखो भएर कामगर्न सके प्रदेश गलत हो भन्नेहरु आफै गलत साबित हुने बताए । उनले भने र्, हाम्रो मुख्य चुनौती नै प्रदेशको औचित्य सार्थक बनाउने हो यसैले हामीले फुटेर हैन जुटेर काम गर्नुपर्छ ।’,
राप्रपा संसदियदलका नेता भक्त्तिप्रसाद सिटौला एकिकृत समाजबादीका नेताकमलप्रसाद जबेगु र जनता समाजबादीकी निर्मला लिम्बुले विकासका लागि सबै दलहरु एक हुनुको विकल्प नभएको भन्दै आगामी पाँच बर्ष ईमान्दार र पारदर्शी ढंगले कामगर्ने बताए।

नयाँ निर्वाचित ९३ जना सांसदहरुलाई विराटनगरमा भेलागरि प्रदेश १ सभाले १५ र १६ पुसमा अभिमुखिकरण गराएको थियो । अभिमुखिकरणमा संबिधानविद डा विपिनअधिकारीले संघियतामा प्रदेश सभा र सांसदहरुको भुमिका , कानुन निर्माण गर्ने तरिका र समिति निर्माण, निगरानीमा उनीहरुको अधिकारबारे प्रस्ट पारेका थिए ।

यसैगरि प्रतिनिधि सभाकापुर्व सचिव मुकुन्द आचार्यले प्रदेश सभा सञ्चालन र व्यवस्थापनको प्रकृया र मर्यादाका लागि पालना गर्नुपर्ने आचारणहरुका बारे बुझाएका थिए । यस्तै पुर्व महालेखा प्र्रमुख सुरेश प्रधानले सार्वजनिक वित्तव्यवस्थापन , बजेट कार्यान्वयन र निगरानीअनि लेखा परीक्षणबारे जानकारी गराएकाथिए । संसदियपत्रकार मञ्चप्रदेश १ काअध्यक्ष गणेश लम्सालले संसदको खुलापन बढाउँदै आमनागरिकहरुको पक्षमा धेरै कामगर्न सांसद , सचिवालय र पत्रकाहरु विच सहकार्य हुनुपर्नेमा जोड दिएका थिए।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल