Birat Post बुधबार, पुष १३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १३ पुष

जेष्ठ नागरिक संघ विराटनगरले ६ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा विराटनगरका तिर्थ प्रसाद निरौला, भवानी शंकर सापकोटा,मनमाया कार्की क्षत्री ,होमनाथ खनाल,नरकुमारी श्रेष्ठ र पिंगला देवी घिमिरे रहनु भएको छ । उहाँहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश १ का सांसद भीम पराजुलीले प्रमाण पत्र तथा दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै पराजुलीले जेष्ठ नागरिकहरुलाई सम्मान संगै व्यवहारत माया र स्नेहको जरुरत रहेको बताउनु भयो । जसका सन्तानले आफ्ना माता,पिताको सम्मान गर्छन् तिनले कहिल्यै दु:ख नपाउने उहाँको धारणा थियो । उहाँले भन्नुभयो “अहिले आफुले बुबा आमा प्रति गरिने व्यवहार छोरा,छोरीले सिक्ने र आफु पनि जेष्ठ नागरिक बन्दा सम्मानको संस्कार विकास हुने छ ।”

जेष्ठ नागरिक संघका अध्यक्ष सुरेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर वडा नं -५ का वडाध्यक्ष सन्तोष न्यौपाने ,समाजसेवी मणी अज्र्याल ,जगत प्रसाद अज्र्याल ,वडा सदस्य अन्जु दाहाल लगायतले आ-आफ्ना धारणा राख्नु भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल