Birat Post मंगलबार, पुष १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं ,१२ पुष । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दावी गरेका छन् ।
काँग्रेस जस्तो लचिलो पार्टीलाई त मिलाएर जान नसक्ने प्रधानमन्त्री दाहालले ७ वटा राजनीतिक पार्टीहरुलाई मिलाएर विश्वासको मत लिन कठिन हुने उनको तर्क थियो ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले ३० दिन भित्र विश्वास मत लियो भने दाहाल नेतृत्वको सरकार २ वर्षसम्म चल्ने अनुमान समेत गरे । संघीयता नै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आउ भन्ने राप्रपालगायतका राजनीतिक दलहरु रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने पनि उनले बताए ।

उनले भने,, ‘३० दिन भित्रको विश्वासको मतसम्म यो सरकार कसरी पुग्छ रु त्यसैले ३० दिन कट्यो भने सरकार राम्ररी २ वर्ष जान्छ । यो सरकार पनि ३० दिन बाँच्यो भने यसलाई केहीले छुनेवाला छैन २ वर्षसम्म । त्यसकारण मलाई कहाँ लागेको छ भने अव सुरु हुन्छ ।

हिजो त आकस्मिक रुपले गठबन्धन तोडनु थियो, तोडियो । त्यसमा प्रचण्डजीको महत्वकांक्षालाई सबैले साथ दिएकै हो । आईहाल्यो गरिदिऊ भन्ने कुरा हो । ओलीजीलाई पनि गज्जब भो । जो मान्छे भाँडभैलो मच्चार बालकोटबाट निस्केको थियो । त्यो मान्छे खात्राकखुत्रुक परेर शरण परेपछि म भएपनि त्यही गर्थे । उहाँले त्यही गर्नु भयो । तर प्रचण्डजीको बारेमा भने समस्या हुन्छ ।’

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल