Birat Post मंगलबार, पुष १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ पुष । नेकपा माओवादी केन्द्र प्रदेश नं. १ संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन भएका छन् ।

पाँचथर क्षेत्र नं। २ बाट प्रदेशसभामा निर्वाचित आङ्बोलाई आज बसेको संसदीय दलको बैठकले नेतामा चयन गरेको हो ।

माओवादी केन्द्रका ज्येष्ठ प्रदेश सांसद नारायणबहादुर मगरको अध्यक्षतामा बसेको बैठकले आङ्बोलाई सर्वसम्मत नेता चयन गरेको पार्टीका प्रदेश सचिबसमेत रहेका प्रदेशसभा सदस्य गणेश उप्रेतीले जानकारी दिए । संसदीय दलको बैठकमा माओवादी केन्द्रका सचिव तथा प्रदेश १ इञ्चार्ज राम कार्की, पोलिटब्यूरो सदस्य तथा प्रदेशका सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङसमेतको सहभागिता थियो ।

यसअघि दलको नेतामा तेह्रथुम २ बाट निर्वाचित पार्टीका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईंले पनि आकांक्षा राखेको चर्चा थियो । तर, उनले पनि आङ्बोलाई समर्थन गरेका थिए ।

आर्थिक मामिला तथा योजनामन्त्री रहेका आङ्बो प्रदेश १ को मुख्यमन्त्रीको दावेदारसमेत छन् । माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीको दावीसहित गठबन्धनमा छलफल गर्न पार्टीका इञ्चार्ज कार्कीको संयोजकत्वमा समितिसमेत बनाएको छ ।

माओवादी केन्द्रले प्रदेशमा १३ जना प्रदेश सांसद जितेको छ । दलको नेता चयन भएपछि आङ्बोले प्रदेश १ मा सरकारको नेतृत्वमा आफूहरूको दाबी रहेको बताए । पहिलो प्रदेश सरकारमा आफूले मन्त्री भइसकेकाले यसपटक मन्त्री नबन्ने उनले घोषणा गरेका छ्न ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल