काठमाडौं,१२ पुष।
नेकपा एमालेबाट विभाजन भएको र छुट्टै पार्टी बनाएका माधवकुमार नेपालले अन्तत: माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने खुलासा भएको छ । उनले आफ्ना नजिकका नेताहरु मार्फत आन्तरिक तयारी गरिरहेको बुझिएको छ ।
माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि नेकपा एस पार्टीका अध्यक्ष नेपालले औपचारिक बधाई दिने बाहेक अन्य कुनै पनि प्रकारको राजनीतिक संवाद गरेका छैनन् । यद्यपी प्रचण्ड प्रधानमन्त्री भएकोमा अध्यक्ष नेपाल खुस देखिएका छन् ।
पार्टी निकट स्रोतका अनुसार विश्वासको मत दिएर सरकारलाई सहयोग गर्ने मनस्थितिमा अध्यक्ष नेपाल रहेका छन् । नेकपा एसले प्रत्यक्षतर्फ १० सिट हासिल गरेको छ ।