विराटनगर ,१० पुष । निर्वाचनबाट ठूलो दल बनेको नेपाली कांग्रेस सहित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकार बाहिर रहने भएका छन् । कांग्रेसले अन्य दलहरूसँग सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य भएको हो । पाँचदलीय सत्तागठबन्धन विघटन भएसँगै सातै प्रदेशको राजनीति समीकरण फेरिने भएको छ ।
प्रचण्ड नेतृत्वको सरकारलाई एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंह र किरणकुमार साहले समेत समर्थन गरेका छन् ।