Birat Post आइतबार, पुष १०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

कौशल निरौला

विराटनगर,१० पुष

विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमको सुरु भएको छ । विराटनगरको पान्चालीमा रहेको लक्ष्मीनारायण मन्दिर एवं लक्ष्मीनारायण वेदविद्याश्रम र नेपाल शिक्षण परिषदको सहकार्यमा १० दिवसीय संस्कृत भाषा प्रशिक्षण र ४ दिवसीय प्राज्ञ आचार्य स्वाध्याय वर्ग प्रशिक्षण (गुरुकुलका शिक्षकहरुको तालिम)को आइतबार सुभारम्भ गरिएको छ । तालिममा देशभरका ३ सय गुरुकुलका प्रतिनिधिहरु सहभागी रहेका छन् । यो तालिम पुष २१ गते सम्म चल्ने लक्ष्मीनारायण मन्दिरका पिठाधिस अच्युत प्रपन्नाचार्यले जानकारी दिए ।
आइतबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद भीम पराजुली र स्वामी देवराजाचार्यले सम्यूक्तरुपमा कार्यक्रमको सुभारम्भ गरेका छन् ।

विद्यालयहरुमा नेपाली राष्ट्रिय भाषा र संस्कृतिको जगेर्नाका साथै संस्कृत भाषाको संरक्षणका लागि के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्ने विषयमा कार्यक्रम केन्द्रीत रहने जानकारी दिइयो । देशभरका ५ सय जना मानिसहरु प्रशिक्षणमा सहभागी भएको यो कार्यक्रमले व्यवहारत देशमा भइरहेको संस्कृत र नैतिक शिक्षाको आचरणमा सघाउ पुग्ने विस्वास आयोजक पक्षले लिएको छ ।
कार्यक्रममा स्वामी रामानुज नेपाल , मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल,विराटनगर महानगरका नगर शिक्षा अधिकारी दुर्गा प्रसाद खतिवडा, वडा नं.११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने,पिण्डेश्वर विद्यापीठका प्राचार्य काशीनाथ पौडेल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल