काठमाडौँ, १० पुष ।
नयाँ सरकार गठन र प्रधानमन्त्री बन्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाटो खुलेको छ । १६६ सांसदको समर्थन सहित उनि प्रधानमन्त्री बन्ने निस्चित जस्तै भएको छ । उनले माओवादीसहित ७ वटा राजनीतिक दलको समर्थन प्राप्त गर्ने भएका हुन्।
प्रचण्डले माओवादी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीको समर्थन पाउनेछन्। प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४,जनता समाजवादी पार्टी १२ , जनमत पार्टीको ६ र लोसपाको ४ सिट रहेको छ।