Birat Post शनिबार, पुष ०९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,९पुष । विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी सातौँ वार्षिकोत्सव मनाउने भएको छ ।

सातौँ वर्षमा प्रवेश गरेको अवसरमा हस्पिटलले पुस १० गते विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउने तयारी गरेको हो ।

हस्पिटलले वार्षिकोत्सव अवसर पारेर पुस १० गते अस्पताल परिसरमा नि:शुल्क स्वास्थ्य शिविर र वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हस्पिटलका मिडिया कोडिनेटर रुपेश अधिकारीले जानकारी दिए । बिहान ९ देखि साँझ ४ बजेसम्म नि:शुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण हुने उनले बताए ।

शिविरमा प्यारालाइसिस, हड्डी खिइएको, नशा च्यापिएको, बाथ, युरिक एसिड बढेर हुने दु: खाई, घुँडा जोर्नीहरू दुख्ने, गर्दन, ढाड एवं कम्मर दुख्ने, डिस्क प्रोल्याप्स, शरीर पोल्ने, झमझमाउने, लाटो हुने, मुख बाङ्गिएको, स्पोर्टस् इन्जुरी, हड्डी भाँचिएपछि चाहिने रिह्याबिलिटेशन र अन्य हाड जोर्नी तथा नशासम्बन्धी रोगहरू उपचार हुनेछ ।

शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट नि:शुल्क जाँच हुनुको साथै शिविरमा आउने बिरामीलाई आवश्यक औषधी पनि नि:शुल्क वितरण हुनेछ । दुर्गम क्षेत्र तथा ६० वर्ष माथिका बिरामीलाई २५ प्रतिशत छुट, शिविरमा जाँच गरिएका बिरामीलाई उपचारमा २० प्रतिशत छुटको व्यवस्था र भर्ना गर्नु पर्ने बिरामीलाई बेड तथा उपचारमा ३० प्रतिशत छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ ।

विशेषज्ञ चिकित्सकहरू उपचार हुँदै आएको स्पार्कमा बिना अपरेशन हानी रहित प्रविधिबाट उपचार गर्दै आएको छ । सातौँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम पनि पुस १० गते राखेको हस्पिटलले जनाएको छ । रक्तसञ्चार केन्द्रमा रगत अभाव भइरहेको अवस्थामा रगत नपाएर कोही पनि बिरामीले मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रम पनि गरिएको हस्पिटलले जनाएको छ । प्रत्येक वार्षिकोत्सवमा हस्पिटलले विभिन्न सामाजिक कार्यसँगै बिरामी मैत्री सेवाहरू प्रदान गर्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल