Birat Post बुधबार, मंसिर २८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२८ मंसिर ।

उद्योग संगठन मोरङले आयोजना गर्ने विराट एक्स्पो कृषि तथा औद्योगिक प्रदर्शनीको राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने भएको छ । मङ्सिर २९ गतेदेखि पुसको ६ गतेसम्म आयोजना हुने एक्स्पोको राष्ट्रपतिबाट दिउँसोको दुई बजे उद्घाटन हुने कार्यक्रम तय गरिएको छ । उद्घाटनका लागि सुरक्षाको सम्पूर्ण बन्दोबस्त मिलाइएको छ । सुरक्षा निकायका चारवटै अङ्गले एक्स्पो स्थलको निगरानी बढाएका छन् ।

एक्स्पोमा बङ्गलादेश, पाकिस्तान र भारतबाट आएका उद्योगी व्यवसायीले समेत आ–आफ्नो उत्पादन प्रदर्शन एवं बिक्री गर्ने छन् । बुधबार रातीसम्ममा स्टलको निर्माण कार्य सक्ने गरी तिव्रताका साथ तयारी भइरहेको छ । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको प्राङ्गगण पुरानो हवाई फिल्डमा संचालन हुने एक्स्पोमा साढे तीन करोडको लगानी रहेको छ भने दुई लाखभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने विश्वास गरिएको छ । एक्सपोलाई भिन्न र पृथक बनाउन हर सम्भव प्रयास गरिएको छ ।

एक्सपोमा ३ सय ६१ वटा स्टल रहेको छ । यस्तै पर्यटन पेभिलियन ६ वटा, लगानी पेभिलियन ६ वटा, श्रम–रोजगार तथा सीप पेभिलियन १५ वटा र स्टार्टअप पेभिलियन २५ वटा रहेको छ । सातौँ संस्करणमा केही फरक र नयाँपन दिने प्रयत्नका साथ आयोजना गरिएको एक्स्पोको मुख्य प्रायोजकमा खुकुरी रम रहेको छ भने गोल्ड प्रायोजक म्याजिक फुटवेयर, सेन्चुरी स्पाईसेस एण्ड स्न्याक्स रहेको छ । सिल्भर प्रायोजकमा वागमति प्लाष्टिक, पूर्वाञ्चल ल्यूव आयल, बजाज, ग्रिन टायर्स, नेपाल वेयरहाउजिङ क.लि. (निम्वस) र हुलास इन्फ्रा प्रा.लि रहेको छ । त्यसैगरी वैंकिङ पाटर्नरमा नविल वैंक लि.र ईन्स्यूरेन्स पाटर्नरमा एन.एल.जी इन्स्यूरेन्स रहेको छ ।

कृषि तथा औद्योगिक प्रदर्शनी र सांस्कृतिक कार्यक्रमसँगसँगै यस पटकको एक्स्पोलाई विशुद्ध औद्योगिक एक्स्पोको फ्लेवर दिन खोजिएको छ । आर्थिक एवम् औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरूमा नीतिगत छलफल गरेर अनुभवको आदान–प्रदान गर्न दैनिक रूपमा फरक–फरक विषयमा प्राविधिक सत्र, अन्तरक्रिया तथा सेमिनारहरूको आयोजना एक्स्पोमा गरिनेछ । एक्स्पोमानेपालका प्रमुख तथा चर्चित औद्योगिक ब्रान्ड खुकुरी रम, म्याजिक फुटवेयर, सेन्चुरी स्पाइसेस एण्ड स्न्याक्स, डाबर, निम्बस, सिजी, लगायत ३ सयभन्दा बढी औद्योगिक र कर्पोरेट क्षेत्रको सहभागिता रहेको छ ।

एक्स्पोमा कृषि तथा औद्योगिक प्रदर्शनी, स्थानीय परिकारहरूको प्रस्तुति, परम्परागत सीपको लाइभ प्रस्तुति, सेन्ट्रल डिजिटल डिस्प्ल, थिमेटिक सेसन तथा सेमिनार थिमेटिक फेसन शो, नेपालका चर्चित कलाकार र र्‍यापरबाट सांस्कृतिक कार्यक्रम, रोबटसंग भेट, भिआरबाट पर्यटकीय स्थलको भ्रमण तथा होलोग्राम प्रविधिको प्रयोग, मुख्य आकर्षण रहेको छ ।
एक्स्पो अवधिमा माउन्टेन फ्लाइट संचालन गरिने संयोजक भोलेश्वर दुलालले बताए । उनले दुहबी, कटहरी, पुष्पलाल चोक, बुढीगंगा, जोगवनी र कञ्चनबारीबाट एक्स्पो अवधिभर सटल बस संचालन गर्ने दुलालले बताए । प्रदेश नं १ मा लगानीका अवसर तथा नीतिगत वातावरण, लगानीमैत्री नीतिगत व्यवस्था, कृषि, पर्यटन, उद्योग, पूर्वाधार, मानवस्रोत, ऊर्जा लगायतका मुद्दाहरूमा विज्ञहरूको सहभागितामा नीतिगत बहस र छलफल हुने छ ।

एक्स्पोमा सेमिनार कक्षको निर्माण गरिएको छ र यसैमा थिमेटिक सत्रहरू सञ्चालन गरिने उद्योग संगठन मोरङका सुयस प्याकुरेलले बताए । उनले अन्य महोत्सवभन्दा भिन्न र आधुनिक विज्ञानको प्रविधि प्रयोग गरी एक्स्पोलाई संचालनमा ल्याउन लागेको बताए । एक्स्पोलाई सम्भव भएसम्म कागज रहित बनाउने प्रयास गरिने छ ।

 

 

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल