Birat Post बुधबार, मंसिर २१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२१ मंसिर/ विराटनगर वडा नम्बर १९ ले सुगर, प्रेसर तथा बालकुपोषण खोजी अभियान सुरु गरेको छ । विराटनगर–१९ मिलनचोकमा बुधबार आयोजित कार्यक्रममा शिविर सञ्चालन गरेर खोजी अभियान सुरु गरेको हो । महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको शिविरमा आसपासका क्षेत्रका स्थानीयले सुगर र प्रेसरको जाँच गराएका थिए ।

सरुवा रोगभन्दा नसर्ने रोगबाट मानिसहरु प्रभावित हुने संख्या बढ्दो रहेको वडा नम्बर १ का वडाध्यक्षसमेत रहेका बस्नेतले बताए । “कतिपय रोग हामीले थाहै नपाइ लागिसकेको हुन्छ,” बस्नेतले भने, “बेलैमा स्वास्थ्य परीक्षण गरियो भने रोग पत्ता लाग्छ र समयमै उपचार गर्न सकिन्छ ।” आममानिसको मृत्युको कारण सुगर, प्रेसर, दम, मुटुरोग, किड्नीसम्बन्धी रोग लाग्ने गरेको जनाइएको छ । वडा नम्बर १९ का १२ वटा टोलबस्तीमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको उपस्थितिमा खोजी कार्य सञ्चालन गरिने वडाध्यक्ष श्याम घिमिरेले जानकारी दिए । उनका अनुसार अभियानबाट पत्ता लागेका रोगीहरुका लागि आगामी पुस ११ गते विशेषज्ञ डाक्टरसहितको टोलीले थप परीक्षणका साथै उपचार गर्नेछ । बैथनाथपुर स्वास्थ्य चौकीमा थप परीक्षण र उपचार गरिनेछ ।

४० वर्ष नाघेका सबै वडाबासीको सुगर र प्रेसर जाँच गरिने वडाध्यक्ष घिमिरेले बताए । अस्वस्थकर खाना, शारीरिक सक्रियताको कमी, मद्यपान र धु्रमपानको प्रयोगका कारण सुगर, मुटुरोग, किड्नीलगायतका रोग लाग्ने गरेको वडा नम्बर १९ स्थित बैथनाथपुर स्वास्थ्य चौकीका प्रमुख भोला तिम्सिनाले बताए । स्वास्थ्यमा ध्यान दिए रोग लाग्नबाट बच्न सकिने उनको भनाइ थियो । महिला स्वास्थ्य स्वयमसेविकामार्फत वडाका सम्पूर्ण गर्भवती, सुत्केरीलगायत २ वर्षमुनिका बालबालिकाको तथ्यांक संकलन गरिने वडाध्यक्ष घिमिरेले बताए । कुपोषित बालबालिकाको लगत संकलन गर्नुका साथै स्वास्थ्य चौकीमा सुनौलो हजार तथा पोषण शिक्षा एवं व्यवस्थापन गर्ने योजनासमेत रहेको उनले सुनाए ।

 

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल