Birat Post सोमबार, मंसिर १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ मंसिर ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भीम पराजुलीले असल  व्यक्तित्वहरूको पहिचान गर्नमा राज्य चुकिरहेको बताएका छन् । अबाल बह्मचारी बालागुरू षडानन्द प्रतिष्ठान विराटनगरद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

देशमा रहेका सामाजिक ,धार्मिक ,शैक्षिक ,विभिन्न ,मुर्दन्य ब्यक्तित्व तथा स्रष्टाहरूलाई राज्यले पहिचान र सम्मान गर्न नसकेको भन्दै उनले त्यस्ता कुराहरुको उठान आफुले गर्ने बताए । भरखरै प्रदेश सभा सदस्यमा निर्वाचित भएको र प्रदेश सरकार निर्माण संगै त्यस्ता  व्यक्तित्वको पहिचान र सम्मान गर्ने वातावरण आफुले बनाउने बताए ।

राजनीतिमा उदाएका नयाँ युवा पुस्ता छ, प्रदेश सभा सदस्य पराजुलीले भने “त्यो त्यसै बस्दैन । केही गरौ भन्ने उदेश्यले आएको छ ,सवैले सहयोग गर्नु पर्छ ।” प्रतिष्ठानका अध्यक्ष गायत्रीकुमार चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा लेखक सुदीप अधिकारीलाई जीवनाथ-रमानाथ-खड्गप्रसाद षडानन्द स्मृति पुरस्कार र समाजसेवी सूर्य बहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।

यस्तै प्रतिष्ठानले सोमबारनै ११ सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा कोमलकृष्ण अधिकारी,उपाध्यक्ष रमेशकुमार चापागाई,सचिव दिनेश सुवेदी,कोषाध्यक्ष रुपेश बस्नेत र सदस्यहरुमा पुष्पलता कोइराला,सरिता दमन्ता गौतम ,मेनुका कोइराला,मन्जु पौडेल,नारायण पराजुली,घनश्याम पौडेल र दीपक बोगटी रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल