Birat Post सोमबार, मंसिर १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,१२ मंसिर ।
समानुपातिकमा माधव नेपालको पार्टी भन्दा सीके राउतको पार्टी अगाडि देखिएको छ । हाल सम्मको मतपरिणामले यही देखाएको छ । सीके राउतको पार्टी सातौँ स्थानमा छ भने माधव नेपालको पार्टी आठौँ स्थानमा रहेको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले २५ लाख ३४ हजार ३२३ मतका साथ पहिलो स्थानमा रहेको छ । सोमबार बिहान ११ बजे सम्ममा एमाले नेपली कांग्रेस १ लाख ४४ हजार ४९२ मतले अगाडि रहेको छ । कांग्रेसले २३ लाख ९९ हजार ८३१ मतका साथ समानुपातिकतर्फ दोस्रो स्थानमा छ। त्यस्तै हाले उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ७१८ मतका साथ तेस्रो स्थानमा छ ।

नेकपा (माओवादी केन्द्र)ले १० लाख ६२ हजार ७४७ मत पाएर चौंथो स्थानमा छ। पाँचौमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ६५६ , छैठौंमा जनता समाजवादी पार्टीले ३ लाख २६ हजार ३७२ मत पाएका छन् । सीके राउतको जनमत पार्टी माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी भन्दा अगाडि रहेको छ । सीके राउतको पार्टी सातौँ स्थानमा छ भने माधव नेपालको पार्टी आठौँ स्थानमा छ ।

जनमत पार्टी २ लाख ६२ हजार ८२६ मत पाएको छ । एसले २ लाख ५२ हजार २७ मत पाएको छ । रेशमलाल चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९६२ मत प्राप्त गरेर नवौँ स्थानमा रहेको छ । १ लाख २७ हजार ९१८ मतका साथ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दशौ स्थानमा रहेको छ ।

यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल