विराटनगर ,८ मंसिर ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल मोरङ क्षेत्र नंं. ५ (२) बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन्। प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई फराकिलो मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। आर्यालले मन्त्री यादवलाई ५ हजार २७८ मतले पराजित गरे ।
आर्यालले १६ हजार १०२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८ सय २४ मत ल्याए । तेस्रो भएका राप्रपका राजेश बानियाले ३ हजार २४७ मत ल्याए । मोरङ ५(२) मा ३४ हजार ८ सय ४ मत खसेको थियो । जसमा १ हजार ९ सय ९२ मत बदर भएको छ । यस भन्दा अगाडि सोही क्षेत्र (५) (१) मा काँग्रेसकै गयानन्द मण्डल निर्वाचित भइसकेका छन् ।