Birat Post सोमबार, मंसिर ०५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,५ मंसिर । आइतबार भएको निर्वाचनमा मोरङको सबैभन्दा कम मत क्षेत्र नम्बर १ र धेरै मत क्षेत्र नं. ५ मा खसेको छ ।
मोरङमा ६६.२२ प्रतिशत मत खसेको छ । ७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेको मोरङमा ४ लाख ८७ हजार ४७ मत खसेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार मोरङ क्षेत्र नं. १ मा ६१.५२ प्रतिशत मत खसेको छ । सो निर्वाचन क्षेत्रमा १ लाख २३ हजार ६ सय १५ मतदाता रहेको मध्ये ७६ हजार ५४ मत खसेको थियो । यस्तै क्षेत्र नं. २ मा ६४.२३ प्रतिशत  मत खसेको छ । उक्त निर्वाचन क्षेत्रमा १ लाख २४ हजार ७२९ मतदाता मध्ये ८० हजार १ सय २७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी क्षेत्र नं. ३ मा ६५.८ प्रतिशत मत खसेको छ । यो निर्वाचन क्षेत्रमा १ लाख ४९ हजार ८३३ मतदाता रहेकोमा ९७ हजार ५ सय १ मत खसेको छ । क्षेत्र नं. ४ मा ६७.७२ प्रतिशत मत खसेको छ । ४ नम्बर क्षेत्रमा १ लाख १० हजार ९३ मतदातामा रहेको क्षेत्रमा ७४ हजार ५५७ मत खसेको छ । क्षेत्र नं. ४(१ ) मा ४१ हजार ६९२, क्षेत्र नं. ४(२) मा ३२ हजार ८६५ मत खसेको छ ।
यस्तै क्षेत्र नं. ५ मा ७२.६१ प्रतिशत मत खसेको छ । सो निर्वाचन क्षेत्रमा १ लाख ४९४ मतदातामा ७२ हजार ९ सय ७३ मत खसेको छ । क्षेत्र नं. ६ मा ६७.७१ प्रतिशत मत खसेको छ । उक्त निर्वाचन क्षेत्रमा ८५ हजार ८२७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
स्थानीय निर्वाचनभन्दा यो पटक मोरङ दुई प्रतिशत मत कम खसेको छ । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा मोरङमा करिब ६८ प्रतिशत मतदान भएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङ विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मोरङको मतगणना सोमबार विहानबाट गणना सुरू हुने जानकारी गराए । मोरङको ४, ५ र ६ नम्बर क्षेत्रको मतगणना विराटनगरस्थित आदर्श स्कुलमा हुन्छ । ‘यी तीन वटा निर्वाचन क्षेत्रको सर्वदलीय बैठक सोमबार विहान ८ बजेको लागि बोलाएको छ,’ उनले भने, ‘सर्वदलीय बैठकपछि गणना सुरू हुनेछ ।’

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल