विराटनगर ,३० कात्तिक ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नं.४ (ख) प्रदेश सभा सदस्यका उम्मेदवार भीम पराजुली को समर्थन गर्दै युवा पुस्ताहरु नेपाली कांग्रेस प्रवेश गर्ने लहर बढेको छ । विराटनगरका ५१ जना युवाहरु बुधबार नेपाली कांग्रेस प्रवेश गरेका छन् । संयोजक विमल भट्टराईको अगुवाहिमा नेता भीम पराजुलिको हात बाट टिका लगाइ उनिहरु पार्टी प्रवेश गरेका हुन् ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पराजुलीले आफुले इमान्दारिताको जगबाट राजनीति गर्दै आएको स्मरण गराएका थिए । पार्टीमा आउनेहरुलाई स्वागत मात्रै नभइ संग सगै लिएर क्षेत्रको विकासमा जुट्ने प्रतिवद्धता जनाए ।