Birat Post सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २८ कात्तिक /

विराटनगर महानगरपालिकाले डेंगुको रोग नियन्त्रण तथा रोकथाम अभियानलाई तीव्रता दिएको छ । डेंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले स्प्रे गर्ने अभियानलाई तीव्रता दिएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिको उपस्थितिमा वडा नम्बर ४ बाट स्प्रे गर्न सुरु गरिएको थियो ।

मेयर नागेश कोइरालाको निर्देशनमा स्प्रे गर्ने अभियानलाई तीव्रता दिइएको स्वास्थ्य महाशाखा प्रमुख अलिले जानकारी दिए । हरेक दिन २ वटा मेसिनबाट स्प्रे गर्ने कार्य भइरहेको छ । महानगरका १९ वटै वडामा स्प्रे गरिनेछ । यसअघि महानगरले स्वास्थ्यकर्मीलाई प्रशिक्षण, सरोकारवालाहरुसित छलफल, हरेक वडामा महिला स्वयम्सेविकाका र जनप्रतिनिधिहरुलाई अभिमुखीकरण सञ्चालन गरिएको थियो ।

हरेक हप्ता सबै वडामा डेंगुको संक्रमण सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सञ्चालन भइरहेको छ । गमलाको पानी, टायर, जमेको पानी, कुलर र एसीको पछाडिको पानीलगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टेले फूल पार्छ । जसको टोकाइबाट डेंगुको संक्रमण हुन्छ । हालसम्म महानगरमा १४८ जना डेंगुका बिरामी फेला परेका छन् । महानगरको सक्रियताका कारण विगतमा भन्दा डेंगुको संक्रमण कम हुँदै गएको अलिको दाबी छ ।

 

 

 

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल