Birat Post शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ कात्तिक ।
मोरङ क्षेत्र नं: ४ मा एकताको सन्देश प्रवाह भएको छ । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन नेताहरु मैदानमा उत्रेका छन् । नेपाली कांग्रेसका केन्द्रीय नेता महेश आचार्यले कार्यकर्ताहरुलाई उम्मेदवारहरुको विजयका लागि आबश्यक सहयोग गर्न आग्रह गरेका छन् । यस्तै कांग्रेसका नेता दिलिप गच्छदारले गठबन्धन आजको आवश्यकता भएको भन्दै यसमा सक्रियरुपमा लाग्न कार्यकर्ताहरुमा आग्रह गरेका छन् ।

क्षेत्रमा लामो समयदेखि सक्रिय नेताहरु उम्मेदवार जिताउन लागेपछि गठवन्धका नेता तथा कार्यकर्तामा उत्साह भरिएको स्थानिय मनोज कार्कीले बताए । नेकपा एसका नेता तथा कार्यकर्ताहरुपनि यसक्षेत्रमा उत्साहपूर्णरुपमा सहभागी भएका छन् ।

स्थानिय समाजसेवी अरविन्द शर्माले लोकतान्त्रिक बाम गठवन्धन अझ बलियो बन्दै गएको बताए । क्षेत्रमा प्रभाव राख्ने नेताहरुनै घरदैलो र सभामा पुगिरहेकाले क्षेत्र नं.४ मा एकताको सन्देश प्रबाह भएको उनको तर्क छ ।

शुक्रबार कटहरीमा भएको कार्यकर्ता भेलामा नेताहरुले मोरङ क्षेत्र नं: ४ का प्रतिनिधि सभा उम्मेदवार अमनलाल मोदी, प्रदेश सभा “क” तर्फका उमेदवार गुरुराज घिमिरे र प्रदेश सभा “ख” का उम्मेदवार भीम पराजुलीलाई जिताउन आग्रह गरे ।

लोकतान्त्रीक गठबन्धनलाई जिताउन नेकपा माओवादी केन्द्रको तर्फबाट उमेदवार रहनुभएका अमनलाल मोदीले जनताको हितमा काम गर्ने प्रतिवद्धता जनाए । अधुरा रहेको काम यसपटक पुरा गर्ने उनले प्रतिवद्धता जनाए ।

क्षेत्र नं: ४ प्रदेश सभा “क” का उमेदवार गुरुराज घिमिरेले लोकतान्त्रीक बाम गठबन्धनले नागरिकताको समस्यालाई छिटो नै अन्त्य गर्ने बताए । दल भित्रको पात्र एवं सहि उम्मेदवारलाई जिताउन उनले आग्रह गरे । लोकतान्त्रीक गठबन्धनलाई जिताउन सवै कार्यकर्ताहरुको दायित्व रहेको बताए ।

नेपाली कांग्रेसको तर्फबाट क्षेत्र नं: ४ प्रदेश सभा “ख” का उमेदवार भीम पराजुलीले सुशासन दिने नेतालाई रोज्न आग्रह गरे । जनताको हरेका समयमा साथ दिँदै आई रहेको छु र दिने छु ,उनले भने “सोच विचार गरेर मतदान गर्नुहोस । मतदान गर्दा गलत निर्णय गर्‍यौं भने यो क्षेत्रको विकास हुन सक्दैन । यसकार विकासका निम्ति गठबन्धनलाई मतदान गरौ ।”

 

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल