काठमान्डौं,२५ कात्तिक ।
घाँटीमा समस्या देखिएर अस्पताल भर्ना भएकी पूर्वयुवराज्ञी हिमानी शाहको टन्सिलको अपरेशन सफल भएको छ । उनि अहिले ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा रहेकी छन् । बिहीबार बिहान उनको टन्सिलको अपरेशन गरिएको शाह स्रोतले जनाएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ ।