Birat Post शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२५ कात्तिक।

मोरङ क्षेत्र नम्बर ४ प्रदेश सभा सदस्यका उम्मेदवार भीम पराजुलीको घरदैलो अभियान तिव्ररुपमा अगाडि बढेको छ । जसमा कांग्रेसका बरिष्ठ नेताहरु देखी स्थानियमा प्रभाव राख्ने नेताहरु सक्रियरुपमा सहभागी बन्न थालेका छन् ।

अभियानमा नेपाली कांग्रेसका नेता महेश आचार्य लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार जिताउन लागिपरेका छन् । पार्टीले गरेको निर्णयलाई सवैले आत्मसाथ गरेर गठबन्धनका उम्मेदवार जिताउन भन्दै उनि क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी भएका देखिन्छन् ।

प्रतिनिधिसभाका उम्मेदवार अमनलाल मोदी, प्रदेशसभा- १ मा गुरुराज घिमिरे र -२ मा भीम पराजुलीको घरदैलो अभियानमा आचार्यले मत माग्दै उम्मेदवारहरूसँग हिड्न थालेका हुन् ।

क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य टिकटको दाबेदार मानिएका आचार्य सत्तारुढ गठबन्धनमा भागबण्डा हुँदा मोरङ क्षेत्र नम्बर ४ माओवादी केन्द्रले पायो । यद्यपी उनले पार्टीको निर्णयलाई आत्मसाथ गर्दै उम्मेदवार जिताउन लागि पर्ने बताएका छन् ।

लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक रहेको र उम्मेदवारहरुलाई बिजयी गराउन उनले आग्रह गरे ।केही असन्तुष्टिहरु पनि होलान् तर यो बेला देखाउने होइन आचार्यले भने ,”उम्मेदवार जिताउ र जिताए पछि खोजौ ,त्यो अधिकार हामी सवैलाई छ ।”

 

 

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल