काठमान्डौं,२० कात्तिक ।
नेपालमा आज थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ८७९ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
आज १८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको खबर छैन । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७० रहेको छ ।