Birat Post शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १९ कात्तिक ।

मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले चुनावी प्रचारलाई तीब्र बनाएका छन् । अहिलेको अवस्था कोइरालाका लागि सहजसमेत बन्दै गएको छ । उनले असन्तुष्ट पक्षहरुलाई समेत मिलाएर अगाडि बढ्ने काम गरिरहेका छन् । आफ्नो समर्थन गर्नेहरुको पहिचानसहित सुक्ष्मरुपमा निर्वाचनमा उनी होमिएका छन् । उनलाई हालै मात्र बहुजन शक्ति पार्टीले समर्थन गरेको छ ।

प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका वरिष्ठ नेता कोइरालालाई मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभामा उमेदवारी दिएका बहुजन शक्ति पार्टीका नारायण पासवानले समर्थन गरेका हुन् । पासवानले प्रतिनिधिसभामा कांग्रेसका कोइरालालाई समथर्न गर्ने निर्णय गर्दै आफ्नो उमेदवारी निष्क्रिय बनाएको बताएका छन् ।
पासवानले प्रेस विज्ञप्ती प्रकाशित गरी नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई समर्थन गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् । अब आफू र आफ्नो पर्टीका सबै कार्यकर्ता कांग्रेस उमेदवार कोइरालाको समर्थनमा चुनावी अभियानमा सक्रिय हुने उनले बताएका छन् । दलित समुदायको समेत समर्थन कोइरालामा गएको पासवनले बताएका छन् ।

यस्तै कोइरालाले क्षेत्रका नेता तथा कार्यकर्तासँगै स्थानीय जनतासँगको भेटलाई पनि तीब्र बनाएका छन । यसपटकको जित शेखर कोइरालाकै हुने विश्लेषणसमेत गरिन थालेको छ । नगरका विभिन्न स्थानमा कोइरालाको पक्षमा माहोल बनेको दाबी कार्यकर्ताहरुको रहेको छ । सोही क्षेत्रमा नेकपा एमालेका लालबाबु पण्डित चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल