Birat Post शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर, १९ कात्तिक ।
प्रदेश १ मा स्थापनाभएको देशकै पहिलो प्राविधिकविश्वविद्यालयले दोस्रौ शैक्षिक सत्रको भर्ना आवेदनखुला गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका – ४ हात्तिमुढामा केन्द्रियकार्यालय रहेको मनमोहनप्राविधिकविश्वविद्यालयले दोस्रो शैक्षिक सत्रकालागिबी.ई इनसिभिलइन्जिनियरिङ्ग र बीइइन इलेक्ट्रिकल एण्ड इलेक्ट्रिोनिक्स इन्जिनियरिङ्गमाभर्ना खुलेको हो । देशकै पहिलो प्राविधिकविश्वविद्यालयले दलित , महिला र सिमान्कृत विद्यार्थीहरुकालागि समेट कोटा राखेर दोस्रो शैक्षिक सत्रकालागिभर्ना आवेदनखुला गरेको उपकुलपति डा सुभाषश्री पोखरेलले बताए ।

स्नातकतहको बिईइनसिभिल ईन्जिनियरिङ र बिईइन ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्स ईन्जिनियरिङ दोस्रो शैक्षिक सत्रमाभर्ना हुनचाहने विद्यार्थीहरुले यही ३० कार्तिक सम्मप्रत्यक्षवाअनलाइनमार्फत आवेदनगर्न पाउनेछन । ईन्जिनियरिङ संकायका डिन डा प्रचण्डमान प्रधानकाअनुसार दोस्रो पटक सञ्चालनहुनलागेको स्नातकतहको पहिलो चार बर्षे ईन्जिनियरिङ बिषयमासिभिलतर्फ ४८ जना र ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्सतर्फ २४ जनाबिद्यार्थीहरुले प्रवेश परिक्षमा उत्तीर्ण भएर भर्ना हुनपाउनेछन । भर्नाकालागिप्रबेश परीक्षाकालागिआबेदनखुल्लाभएको र देश बिदेशका ईच्छुक बिद्यार्थीले आवेदनगर्न थालिसकेको डिन प्रधानले बताए ।

स्नातकतहको ईन्जिनियरिङ संकायमा रेल्बे र पानीजहाज, भौतिकपुर्बाधार निर्माणदेखी स्वदेशीउद्योगहरुलाई आवश्यक पर्ने सुहाउँदो जनशक्तिउत्पादन गराउने विभिन्नबिषयमा पठनपाठन गराउने छ ।स्नातकतहको ईन्जिनियरिङ बिषय पठनपाठनका लागिमनमोहनले आधुनिकल्याब सहित सबै भौतिकपुर्वाधार र आवश्यकजनशक्तितयार गरेर गतबर्षदेखी गुणस्तरिय पठनपाठन गराउनथालेको हो ।
रजिष्ट्रार दिननाथफुँयालकाअनुसार स्नातकतहको चार बर्षे सिभिल ईन्जिनियरिङ कोर्ष पढन साधारण नेपालीबिद्यार्थीले ५ लाख ८५ हजार, विदेशीबिद्यार्थीले ८ लाख७७हजार ५सय र प्रयोजितबिद्यार्थीकालागि७लाख ३१ हजार २५० रुपैया शुल्कनिर्धारण गरिएको छ । भर्ना भएकाबिद्यार्थीले पछि फिर्ता हुनेगरि प्रयोगशाला र स्कुलवापत १० हजार रुपैया धरौटी राख्नुपर्ने छ ।

विश्वविद्यालयले भावीदशवर्षे कार्ययोजनाबनाएको छ । पहिलो पाँचवर्ष योजनाअन्तर्गत आर्थिक वर्ष २०७८ देखि २०८२ सम्ममाविभिन्नप्राविधिकविषयका७ वटा स्नातक र पाँच वटा स्नातकोत्तर विवषयहरु संचालनगर्ने लक्ष्य रहेको छ । दशवर्षमा स्नताक, स्नातककोत्तर र विद्यावारधी गरी २८ वटा विभिन्नविषयाहरु संचालनगर्ने लक्ष्यलिएको छ । सबै कार्यक्रमहरु संचालन भएपछि स्कुलमा २ हजार ८ सय ३१ जनाविद्यार्थी लभान्वितहुने विश्वविद्यालयले जनाएको छ ।

मेडिकल तर्फको शैक्षिक सत्र आगमीआर्थिक वर्षबाट
स्कुलअफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज अन्र्गतको स्नातकतहको मेडिकल फार्मेशी र पब्लिक हेल्थको शैक्षिककार्यक्रमआगमीआर्थिक वर्षदेखि सुरू गर्ने भएको छ । आगमीआर्थिक वर्ष २०७९/०८० बाट मेडिकलतर्फ पठनपाठन गराउन स्नातकतहको पाठयक्रम निर्माण गरेर काउसिन्सलबाट स्विकृत पनि गराइसकेको उपकुलपतिपोखरेलले जानकारी दिए ।
विश्वविद्यालयले संचालनगर्ने कोर्षको लागि छुट्टै करिकोलमबनाउने उनले बताए । विश्वविद्यालयले उत्पादनर समृद्धीसँग जोडेर करिकोलमहरू बनाउने उनले बताए । ‘मेडिकलफार्मेशीको कक्षाहरु संचालनमा आएपछि विश्वविद्यालयले मेडिसियन प्लान्टको लागिउत्पादनगर्नसक्ने दक्षजनशिक्तीउत्पादनगर्ने योजना रहेको छ,’ उनले भने ।

प्रदेश १ सरकारले कानुननिर्माण गरेर २०७६सालमा स्थापना गरेको देशकै १३ वटा विश्वविद्यालयमध्ये पहिलो प्राविधिकविश्वविद्यालयमनमोहनले सन २०३० सम्ममाविभिन्न २८ वटा प्राविधिकबिषयमा स्नातकतहदेखी पिएचडी सम्म पढाई सञ्चालनगर्ने योजनाबनाएको छ । उपकुलपतिपोखरेलकाअनुसार आगामीपाँचबर्ष भित्रमनमोहनप्राविधिकविश्वविद्यालय दक्षिण एसियामाचिनिएको प्राविधिकविश्वविद्यालयहुनेछ । उनकाअनुसार एमटियूले क्रमशआईटी, पारामेडिकल , पब्लिक हेल्थ, फार्मेसी , ईन्भाइरोमेन्ट हेल्थ , नेचुरल रिर्सोस एण्ड डेभलपमेन्ट ,इनोभेसन एण्ड मेनेजमेन्ट लगायतकाबिषयमा २८ सय बढी बिद्यार्थीहरुलाई स्नातकदेखी स्नातोकोत्तर तहसम्म पठनपाठन गराउने छ ।

 

 

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल