Birat Post बुधबार, कार्तिक ०९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं ,९ कात्तिक ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका कारण टिकट वितरणमा केही असहज भएको बताएका छन् । भक्तपुरका कांग्रेसी कार्यकर्ताको गुनासो सुन्दै उनले यस्तो बताएका हुन् । बाध्यताका कारण भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा अन्य दललाई दिनुपरेको बताउँदै त्यसको क्षतिपूर्ति निर्वाचनपछि सम्बोधन गर्ने बताएका हुन् ।

सभापति देउवा थिमिको शङ्खधर चोकमा राष्ट्रिय विभूति शङ्खधर साख्वा: प्रतिष्ठानले आयोजना गरेको माल्यापर्ण कार्यक्रमका लागि थिमि आएका थिए । सो कार्यक्रमपछि उनी कार्यकर्ता भेटघाटका लागि नजिकको पार्टी प्यालेस गेका थिए ।

सभापति देउवाले गठबन्धन सरकार भएकाले निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिएर जानुपरेको र त्यसैका कारण कांग्रेस एक्लैले जित्ने केही क्षेत्र गठबन्धनमा रहेका सहयात्री दललाई छाड्नुपरेको स्पष्ट पारे । उनले उपस्थित नेता, कार्यकर्तालाई गठबन्धनको बाध्यता बुझेर निर्वाचनमा एकताबद्ध भएर लाग्न र गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशनसमेत दिए ।

उनले गठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका दुर्लभ थापालाई निर्वाचन जिताए निर्वाचनपछिको सरकारमा मन्त्री बनाउने आश्वासनसमेत दिए ।

कार्यक्रममा उम्मेदवार थापाले जिल्लाका कांग्रेसी कार्यकर्ता विशेषगरी मध्यपुरथिमि नगरक्षेत्रको गुनासो पार्टीको जिल्ला सभापतिको हैसियतले जसरी पनि सम्बोधनका लागि केन्द्रीय नेतृत्वलाई बनाउने प्रतिबद्धता व्यक्त गरे ।

भक्तपुर क्षेत्र नं २ का निर्वाचन परिचालन समितिका संयोजक गणेशमान चक्रधरले कांग्रेसको बलियो गढको रूपमा रहेको मध्यपुरथिमि नगर क्षेत्र समावेश भएको भक्तपुर–२ (२)को प्रदेशसभा सदस्य गठबन्धनका दललाई दिए पनि समानुपातिकतर्फ समेत एक जनालाई मौका नदिनु अन्याय भएको गुनासो गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल