मोरङ ,४ कात्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोरङ क्षेत्र नं.३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी रेखा थापाले आफू आफ्नो कुरा राख्न भन्दा जनताको कुरा सुन्न आएको बताइएकी छन्।
घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
‘नेताहरु पटकपटक आउँछन्, कान पाक्ने गरी, कान दुख्ने गरी, दिमाग हल्लिने गरी कुराहरु सुनाउँछन्। सपना देखाउँछन्,’ रेखाले भनिन्, ‘अनि त्यो सपना उधारो हुन्छ। अनि त्यो कुराहरु केही पनि पुग्दैन्। म सपना सुनाउन आएको होइन, तपाईंहरुको समस्या सुन्न आएको हो। मैले यहाँको समस्याहरु सबै बुझेको छु।’
आफू नेता बन्न होइन, नेता बनाउन आएको रेखाले बताइन्। ‘अब तपाईंहरु मत दिने हातहरु महान नेताहरु हो । अब कस्तो व्यक्ति चुन्ने, कस्तो व्यक्तिलाई यो ठाउँको सेवक बनाउने तपाईंहरुको हातमा छ। आफु विकल्पको रुपमा प्रस्तुत हुन आएको भन्दै रेखाले सहयोग गर्न आग्रह गरेकी छन् ।