विराटनगर,४ कात्तिक ।
विराटनगरमा रहेको भानु कलेजले दशैं र तिहार बिचको समयलाई शैक्षिक समयकोरुपमा सदुपयोग गरेको छ । कक्षा ११ र १२ का विद्यार्थीहरुका निम्ति एमविविएस र इन्जिनियरिङ मोकटेष्ट को अतिरिक्त कक्षाहरु सञ्चालन गरेको छ । तीन चरणमा लिइएको मोकटेष्ट असोज २६ गते, ३० गते र कार्तिक ४ गते भएको थियो ।
भानु कलेजको आफ्नै सफ्वेयर मार्फत अनलाइन माध्यमवाट संचालन भएका मोक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई विशेष कार्यक्रममा पुरस्कृत गरिने कलेजले जानकारी गराएको छ ।
विदाको समयमा घरमैबसी–बसी कलेजले संचालन गरेको परीक्षामा सहभागी हुन पाउँदा विद्यार्थीहरुले पढई प्रति थप उत्साहित भएको महसुस गरेका छन् भने छोराछोरीहरुका भविष्य प्रति जिम्मेवार भई कलेजले परीक्षा लिइएकोमा अभिभावकहरु सन्तुष्ट रहेको अभिभावकहरु बताउँछन् । आगामी दिनहरुमा पनि विद्यार्थीहरुको प्राज्ञिक उन्नयनका निम्ति यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठले बताए ।