विराटनगर,४ कात्तिक/ मोरङ क्षेत्र न , ६ (ख) बाट स्वतन्त्र उम्मेदवार बनेका गोपाल रेग्मीले चुनावी दौडाहालाई तिव्र पारेका छन । कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका रेग्मी मतदाता माझ जाने र आफ्ना कुराहरु राख्ने काम गरिरहेका छन् । विराटनगर—९ का श्याम श्रेष्ठले भने , पार्टीका धेरै उम्मेदवार जितेर गए तर क्षेत्रको विकासमा माखो मारेनन । श्रेष्ठले थपे , यसपाली हाम्रो होइन , राम्रो मान्छेलाई जिताउने हामी लागेका छौ ।
विराटनगर—१२ का धनिकलाल यादवले रेग्मी स्वतन्त्र उम्मेदवार बनेपनि उनको पक्षमा जनलहर उर्लदो क्रममा रहेको बताए । हामी विकास प्रेमीलाई सहयोग गर्छौ यादव भन्छन , पार्टी भन्दा गाउँको विकास हामं्रो लागि प्यारो छ । रेग्मीकै अग्रसरतामा विराटनगरमा भएका विकासे कामलाई पनि मानिसहरुले जस दिइरहेका छन् । जुन उनको पोजेटिभ पक्ष हो । ४७ हजार ९ सय ४७ मतदाता रहेको मोरङ प्रदेश निर्वाचन क्षेत्र ६(ख) मा विराटनगर नगरक्षेत्रका ५,६,७,९ ,११ र १२ वडाहरु पर्दछन । यसै क्षेत्रमा नेपाली कांग्रेसबाट केदार कार्की र एमालेबाट पर्शुराम बस्नेत चुनावी मैदानमा छन् ।