Birat Post सोमबार, आश्विन ३१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३१ असोज ।
मोरङको रंगेली नगरपालिका-९ बेलचोकका आशिस मुर्मू उपचार खर्च तिर्न नसक्दा झण्डै २ महिना देखि विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटलमा बन्दी सरह बाँचिरहेका छन् । गोडामा गम्भिर चोट लागेर उनी अस्पतालमा पुगेका थिए । हस्पिटल र फार्मेसीको झण्डै २ लाख रकम तिर्न नसक्दा अस्पतालले बाहिर निस्कन नदिएको बुबा दिलिप मुर्मूले गुनासो पोखेका छन् ।

उपचार खर्च बुझाउन नसकेर अस्पतालमै बन्धक स्थिति निम्तिएपछि मुर्मूले सहयोगको लागि हारगुहार गरिरहेका छन् । ‘मेरो घरमा खाने चामल पनि छैन, घाइते छोरा अस्पतालमा बन्धक  बन्यो,’ उनले भने, ‘म कसरी छोरालाई हस्पिटलबाट निकालौ ? मुर्मू अस्पतालको सर्जिकल वेड ७ मा रहेका छन् । उनको घाउ पनि निको हुने चरणमा छ । अर्काको घरमा ज्यालादारी गरेर कमाएको भरमा बाचेका उनले साहु संग ऋण समेत लिएका छन् । एकातीर साहुको ऋण र अर्कातीर अस्पतालमा तिर्नुपर्ने पैसा नहुदा मुर्मू परिवार चिन्तामा डुवेको छ ।

उनलाई रंगेली नगरपालिकाले समेत सहयोग नगरेको गुनासो परिवारको छ । मेयर दिलिप बगडिया संग सहयोगका लागि जादा अभद्र व्यवहार गरेको गुनासो परिवारको छ । सामाजिक क्षेत्रमा काम गर्ने ब्यक्ति भनेर प्रचार गरिएका बगडिया नगरवासीको सुख दु:खमा समेत पछिल्लो समय निष्क्रिय देखिएका छन् । पिडित बनेका मुर्मू परिवारले सहयोगका लागि अपिल गर्दै छोरालाई अस्पतालबाट बाहिर आउने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल