Birat Post सोमबार, आश्विन ३१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,३१ असोज ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र न.४ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका भीम पराजुलीले स्थानिय नेता तथा कार्यकर्ता संगकोे भेटलाई तिब्र पारेका छन् । जनताको भावना सम्वोधन कसरी गर्न सकिन्छ भन्दै पराजुलीले सुझाव लिने काम गरिरहेका छन् । टोलटोलमा चुनावी चहलपहल शुरु भएको छ ।

कार्यकर्ताहरु चुनाव केन्द्रीत हुन थालेका छन् । विद्यार्थी राजनीति देखिनै काम गरेका पराजुलीले नेपाली कांग्रेस विराटनगरको दुइपटक सभापति र विराटनगर महानगरको मेयर भएर जिम्मेवारी सम्मालीसकेका छन् ।हाल उनी नेपाली कांग्रेस केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । पराजुली विराटनगर महानगरको मेयर हुदा कुनै पनि विवादमा आएनन् । उनले गरेका कार्यको स्थानियले प्रशंसानै गरेका छन् । भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिवद्धताका साथ राजनीति गरिरहेका उनले इमानको राजनीतिमा जोड दिइरहेको भेटिन्छ ।

कटहरी १,२ ,३ र विराटनगर महानगरका १,२,३ ,८ र १० वडा पराजुलीको क्षेत्र हो । उनलाई यही वडाका जनताहरले मतदान गर्नुपर्ने हुन्छ । उनले यो आफ्नो पकड क्षेत्र भएको र जनताको मन जित्न सक्ने भन्दै आइरहेका छन् । यी क्षेत्रहरुमा उनले महत्वपूर्ण विकासका कार्यक्रम ल्याउने सोच रहेको बताएका छन् । उनले “सधै आफ्नो समय, जनता संग” भन्ने अभियानका साथ काम गरिरहेको समेत जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल