Birat Post बुधबार, आश्विन २६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ असोज ।
पहिलोपटक विराटनगरमा श्रीनिम्बार्क वैष्णव राष्ट्रिय महासम्मेलन हुने भएको छ । सम्मेलनको तयारी स्वरुप विभिन्न चरणका धार्मिक कार्यक्रम हुन थालेका छन् । यही असोज २९ गते देखी ३१ गतेसम्म तीन दिन चल्ने सम्मेलनमा नेपाल र भारतका श्रीनिम्बार्क वैष्णवहरु सहभागी बन्नेछन् । सम्मेलनले समयक्रममा उत्पन्न धार्मिक विषयहरुलाई उठान गर्ने र समस्याको समाधान गर्ने समेत बताइएको छ ।

जगद्गुरु अनन्त श्रीविभूषित श्रीबालसन्त मोहनशरण देवाचार्यले धर्मको रक्षा संगै मानिसमा धार्मिक भाव जगाउन महासंम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नु भएको छ । यसै कार्यक्रम अन्तरगत प्रथम सोभा यात्रा बिराटनगरमा मंगलबार सम्पन्न भएको छ । धरान रोड स्थित राधा रमण मन्दिर बाट सुरु भएको शोभा यात्रा तथा मोटरसाईकल र्यालीमा सयौको संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो ।

जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यको उपस्थितीमा ,नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुली, आचार्य पं भबानि शंकर निरौला ,राधा रमण मन्दिर समितीका अध्यक्ष शंकर रेग्मी , पान्चाली मन्दिरका पिठाधिस श्री स्वामिजि अच्युत महाराज ,आचार्य श्रीरामानुज नेपाल लगायतको उपस्थितीमा शोभायात्राको सुरवात गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल