Birat Post सोमबार, आश्विन २४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२४ असोज ।

अन्नपूर्ण, धौलागिरि र मनास्लुलगायत हिमाली क्षेत्रमा भारी वर्षाका कारण पदमार्गमा पहिरो जाँदा कम्तीमा ७ सय स्वदेशी तथा विदेशी पर्यटक अलपत्र परेका छन् ।

ट्रेकिङ्ग एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अनुसार, जोमसोम, धौलागिरि, मनास्लु र अन्नपुर्ण क्षेत्र पदयात्रामा गएका कम्तीमा ७ सय जना विदेशी तथा नेपाली वर्षाका कारण सडक तथा पदमार्गमा पहिरो जाँदा अलपत्र परेका हुन् । टानका अनुसार, सेप्टेम्बर महिनामा मात्रै करिब २८ सय वटा पदयात्रा अनुमति कार्ड (टिम्स कार्ड)जारी भएका थिए । टानबाहेक पर्यटन बोर्डले पनि टिम्स जारी गर्ने गरेको भएपनि बोर्डले बिक्री गरेको टिम्स कार्डको संख्या खुलेको छैन् ।

लुक्ला र खुम्बु क्षेत्र जाने २ हजार पर्यटक तथा नेपाली गाइड रामेछापमा अलपत्र परेको बताइएको छ । तीमध्ये आइतबार कम्तीमा ३ सय जना काठमाडौं फर्किएका छन् । यसैबीच मनास्लुबाट आइतबार कम्तीमा १ सय २० जना हेलिकप्टरले उद्धार गरेर काठमाडौं ल्याइदिएको टानले जनाएको छ ।

टानका अनुसार वर्षा र पहिरोका कारण अलपत्र पर्नेमा अधिकांश फ्रेन्च नागरिक छन् । ढोरपाटनमा ४ जना नेदरल्यान्डका नागरिक र ७ जना नेपाली हराइरहेको बताइएको छ । उनीहरुको खोजीकार्य जारी रहेको बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल