Birat Post शुक्रबार, आश्विन १४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,१४ असोज ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भए पनि प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु भएको दुर्गा पूजामा कुनै बाधा नपर्ने जनाएको छ । गत सोमबारदेखि शारदीय नवरात्र शुरु भई नित्यकर्मका रुपमा दुर्गा पूजा र आराधना चलिरहेका बेला आजदेखि शुक्र अस्त भएकाले केही मानिसले असर पर्ने भनी गरेको चर्चा शास्त्रीयरुपमा सही नभएको समितिले जानकारी गराएको हो । समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी दुर्गा पूजा प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको नित्य कर्म भएकाले शुक्र अस्तको कुनै दोष नलाग्ने बताउँछन् ।

“शुक्र तथा बृहस्पति अस्त भएका बेला विवाह, व्रतबन्ध, ठूला यज्ञ, तलाउ खन्ने, चौतारा बनाउने, घरको जग राख्ने, घर सर्ने, व्रत प्रतिष्ठा गर्नेलगायत कर्म भने गर्नुनहुने शास्त्रीय वचन रहेको छ, तर विजयादशमीपछि मान्यजनबाट टीका थाप्न, कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गर्न, आकाश दीपदान र तुलसीको विशेष पूजा आराधना गर्न पनि शुक्र अस्तले केही फरक पार्दैन, तिहार मनाउन पनि शुक्र अस्तको दोष छैन, पास्नी गर्न पनि हुन्छ”, उनले भने । आज अस्त हुने शुक्र मङ्सिर पहिलो साता उदय हुने समितिले जनाएको छ । शुक्र उदय भएपछि मङ्सिर १० गतेपछि मात्र यस वर्षको विवाह तथा व्रतबन्धको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलको भनाइ छ ।
हाम्राकुरा डटकम बाट

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल