काठमाडौं,१३ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले यसपटक पनि काठमाडौं क्षेत्रनम्बर १ बाटै प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएका छन् ।
मिश्र स्रोतका अनुसार औपचारिक रुपमा आफ्नो उम्मेदवार घोषणा गर्दै छन् । अघिल्लो पटकको निर्वाचनमा मिश्र क्षेत्रनम्बर १ मै विवेकशील साझा पार्टीबाट चुनाव लडेका थिए । त्यसबेला तराजु चिह्नमा चुनाव लडेका मिश्रले १० हजार ११८ मत ल्याएका थिए भने विजयी भएका कांग्रेसका प्रकाशमान सिंहले १० हजार ९३७ मत ल्याएका थिए ।
राप्रपामा समाहित भए संगै मिश्र हलो चिह्न लिएर चुनाव लड्दैछन् । यसपटक पनि कांग्रेस नेता प्रकाशमान सिंह र मिश्र वीच प्रतिश्पर्धा हुनेभएको छ ।