काठमान्डौं,२४ भदौं ।
काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने नेपाल फर्कने भएका छन् । उनले आफू नेपाल केही दिनमा फर्कने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट बिदा लिएर केही दिनमा नेपाल फर्किने बताएका छन् । साथै आफूमाथि लागेका सबै आरोप आधारहीन रहेको बताएका छन् ।
लामिछानेले लेखेका छन् ,‘म निर्दोष छु र नेपालको सम्मानित कानुनप्रति पूर्ण विश्वास राख्दछु । मैले सीपीएलबाट बिदा भएर केही दिनमा नेपाल फर्किने निर्णय गरेको छु । सबै आरोपहरूको सामना गर्न म तयार छु ।’लामिछानेमाथि १७ वर्षीय एक नवबालिकामाथि बलात्कार गरेको आरोपमा बुधवार प्रहरी वृत्त गौशालामा उजुरी दर्ता भएको थियो ।