Birat Post बुधबार, भाद्र १५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १५भदौ
प्रदेश १ सरकारले स्थापना गरेको देशकै पहिलो प्राबिधिक विश्वविद्यालयले आफनो रणनीति सफल बनाउन अग्रसर हुन थालेको छ ।
१६ असोज २०७६ मा ऐन निर्माण गरेर मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा प्रदेश सरकारले स्थापनागरेको देशकै पहिलो मनमोहन प्राबिधिक विश्वविद्यालय (एमटियू) गुणस्तरिय र सस्तो उच्च शिक्षाका लागि आफनो रणनीति सफल बनाउन अग्रसर हुनथालेको हो ।

तीनबर्ष पहिले मात्र स्थापना भएको देशकै पहिलो प्राविधिक विश्वविद्यालय एमटियुले दस बर्ष भित्र स्नातक, स्नातकोत्तर र विद्यावारधी(पिएचडी) गरी २८ वटा विभिन्न विषयहरु सञ्चालन गर्ने रणनीति बनाएको छ । जस अन्र्तगत हाल एमटियुमा स्कुल अफ इन्जिनियरिङ्ग, स्कुल अफ एप्लाईड साइन्स एण्ड टेक्नोलोजी र स्कूल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज संंकाय स्थापना भैसकेका छन । यो विश्वद्यिालयले तीन वटा स्कूलहरु अन्तर्गत दशवर्षमा सबै कार्यक्रमहरु सञ्चालन गराएर हरेक बर्ष कूल २८ सय ३१ जनाविद्यार्थी दिक्षित बनाउने लक्ष्य राखेको रजिष्ट्रार डा दिलनाथ फुँयालले जानकारी गराए ।

रजिष्ट्रार फुयालका अनुसार मुलुकमा व्यवहारिक विकासका लागि आवश्यक पर्ने उच्चस्तरिय प्राविधिक जनशक्ति उत्पादन गर्न बहुप्राविधिक विश्वविद्यालयको अवधारणा अनुरुप प्रतिस्पर्धात्मक, गुणस्तरयुक्त, उपलब्धिमूलक, अन्तर्राष्ट्रिय विकाक्रमसँग आबद्धहुन सक्ने मानव संशाधनविकास गर्न योजना एमटियुको रहेको छ । यसैले विज्ञान, प्रविधितथाव्यावसायिक क्षेत्रको ज्ञान र सीपका साथै सान्दर्भिक अनुसन्धानलाई व्यापकएवं व्यवहारिक र समय सापेक्ष बनाउने एमटियुको लक्ष्य छ ।

एमटीयूले गतआ.व. २०७८÷७९ देखीस्कूलअफइन्जिनियरिङ्ग अन्तर्गत स्नातकतहको बी.ई ईन सिभिलइन्जिनियरिङ्ग र बी.ई. ईन इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्गको पठनपाठन थालिसकेको छ । गुणस्तरलाई ख्यालगर्दै दुबै बिषयमा२४–२४ जनाको सीट कामय गरेर बिद्यार्थीहरु भर्ना लिएर पठनपाठन सुरु गरेको डिन डा प्रचण्डमान प्रधानले बताए । देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा स्कुलअफ ईन्जिनियरिङतर्फ दोस्रो ब्याचको भर्ना चाँडै खोलिनलागेको छ । डिन प्रचण्डमान प्रधानका अनुसार पहिलो बर्षमा ईन्जिनियरितर्फ २४ । २४ जनाकोटा कायम गरेर विद्यार्थी भर्ना लिएपनिआगामीबर्ष दोब्बर बढाएर ४८ । ४८ जनाविद्यार्थीले भर्ना हुनपाउनेछन ।

 

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल