विराटनगर,१२ भदौ ।
नेपाली कांग्रेसका केन्द्रीय डा.शेखर कोइरालाले आगामी निर्वाचनका लागि गठबन्धन आवश्यक भएको बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आइतबार विराटनगरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गदै उनले यस्तो बताएका हुन् ।नेता कोइरालाले आगामी सङ्घीय निर्वाचनमा एक सय सिटमा गठबन्धन गर्नुपर्ने र विसं २०७४ को निर्वाचनमा सङ्घीय संसद र प्रदेश सभामा विजयी भएका स्थानलाई रोज्नुपर्ने बताए ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौलाले एक ढिक्का भएर निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न आबश्यक भएको बताइन् । क्षेत्र नं ६ का सभपति देवराज तामाङ,प्रदेश सभा सदस्य चुमनारायण तवदार,नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइराला र मधुबावु तिवारीले पार्टीभित्र निष्ठावान कार्यकर्ताहरुको मूल्याङकनलाई उच्च प्राथमिकता दिदै निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए ।