Birat Post आइतबार, भाद्र १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ भदौ ।
बलपूर्वक वेपत्ता पारिएका पीडितहरूको कथा उस्तै छ । सरकारले जे आश्वासन दिए पनि ति पूरा नहनेमा बेपत्ता पारिएका परिवारहरु पुगिसकेका छन् । यसै सन्दर्भमा बलपूर्वक वेपत्ता पारिएका पीडितहरूको १२ औं अन्तराष्ट्रिय दिवसका अवसरमा विराटनगरमा छलफल तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लगायत विभिन्न संघ संस्थाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् ।

कार्यक्रममा सहभागि वेपत्ता परिवारका सदस्यहरूले आफूहरूले वेवत्ताभएका सदस्यहरूको अवस्था सार्वजनिक गर्न वर्षौंदेखि मागगर्दै आएपनि अझै सुनुवाइ नभएको गुनासो गरे । उनिहरूले राज्यले आफ्ना माग सुनुवाई मात्रै नगरेको नभई आफूहरूलाई सरकारी सेवा सुविधामा सहजीकरण र सम्मान समेत नगरेको गुनासो गरे ।

वेपत्ता परिवारकी देवीमुखियाले स्थानिय सरकारले सबैलाई खोजीगर्ने तर, वेपत्ता परिवारलाई कहिलै खोजी नगरेको बताइन् । उनले भनिन् ‘गाउँपालिका÷नगरपालिकाले सबैलाई बोलाउँछ । तर, वेपत्ता परिवारको खोजीनीति नै गर्दैन ।’ कार्यक्रममा वेपत्तापरिवार समाज नेपालका अध्यक्ष रुपेश शाहले संक्रमणकालिन न्याय सम्बन्धीकानुन संसोधनगर्न बनेको विधेयक संसदमा अझै टेवुल नभएको गुनासो गरे ।

प्रदेश १ उपसभामुख सरस्वती पोखरेलले वेपत्ता परिवारले कि सास देउ की लास देउ भनिरेको अवस्थामा उनिहरूको माग पुरा गर्न कठिन भइरहेको बताइन् । ‘वेपत्ता परिवारले वेपत्तापारिएक व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न दबाब दिइरहे पनि उहाँहरूको माग सम्बोधनगर्न त्यति सजिलो छैन ।’ यद्यपी संघीय सरकार र प्रदेश सरकारले वेपत्ता तथा शहीद परिवाको उचित माग सम्बोधनका लागि प्रयास गरिरहेको बताइन् ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल