Birat Post शनिबार, भाद्र ११, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, ११ भदौ ।
नेकपा एकीकृत समाजवादी सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ ।
जिल्ला कमिटीको आज बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी र पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको छ ।

जिल्ला कमिटी सचिव बसन्त सुवेदीका अनुसार, बैठकले सोही निर्वाचन क्षेत्र नंं. १ अन्तर्गत प्रदेश सभा सदस्य ‘क’ तर्फ सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम उम्मेदवारको रुपमा सिफारिस गरेको छ । प्रदेश सभा ‘ख’ तर्फ रेवतीरमण राई, अमृता रामदाम र श्यामनारायण राजधामीको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, इटहरी र इनरुवा केन्द्र रहेको निर्वाचन क्षेत्र नं. २ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामालाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । यो निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभा सदस्यको उम्मेदवारको सिफारिस अर्को बैठकले गर्ने सचिव सुवेदीले बताए ।

यस्तै, दुहवी केन्द्र रहेको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा मो. जैनुल हक मियाँ, कमला दुलाल र जुगुतनारायण चौधरीको नाम सिफारिस भएको छ । यो निर्वाचन क्षेत्रतर्फ प्रदेश सभा सदस्य ‘क’ मा केशव बिष्ट, गौरी परियार र नयनतारा सिटौला, प्रदेश सभा सदस्य ‘ख’ मा रामचन्द्र मटियैत, दीपक राई र रेखा गुरुङको नाम सिफारिसमा परेको छ ।

सुनसरी जिल्लाको दक्षिणी भेग समेटिएको निर्वाचन क्षेत्र नं. ४ बाट केशवप्रसाद तिम्सिना, डा. सीएन पाठक र कैलाश अन्जुमको नाम सिफारिस भएको छ । यो निर्वाचन क्षेत्रतर्फ प्रदेश सभा सदस्य ‘क’ मा बाबुराम बराल, परमानन्द पौडेल र कल्पना पोखरेल र प्रदेश सभा सदस्य ‘ख’ मा महफुज आलम अन्सारी, किरण कार्की र सवनम आरीको नाम सिफारिस गर्ने निर्णय गरिएको सचिव सुवेदीले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल