काठमाडौं ,११ साउन ।
बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ । बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र बिहीबार प्रतिवेदनलाई अन्तिम रूप दिएर शुक्रबार बुझाउने तयारी गरेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।
उनले प्रतिबेदनमा समान धारणा आउने दाबी गरे । तर छलफलका क्रममा आएका फरक मतमासमेत सहमति खोजिने उनको भनाइ छ । स्रोतका अनुसार नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका शर्मालाई ‘क्लिन चिट’ दिने तयारी भएको छ । यसमा नेकपा एमालेले समेत मौनता देखाएको छ ।